
आज कञ्चनपुर जाँदै, एमाले अध्यक्ष ओली
काठमाडौं : आज कञ्चनपुर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाँदै छन्।
नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली बिहान पौने ९ बजे धनगढीतर्फ प्रस्थान जाने उनको सचिवालयले जनाएको छ।
जस अनुसार विभिन्न जिल्लामा अधिवेशनहरू भइरहेका छन्। पार्टीले चैत मसान्तसम्ममा अधिवेशन सक्ने निर्णय गरे पनि मध्यपहाडी यात्राका कारण जेठसम्म सारिएको हो।एमालेले आगामी जेठसम्ममा सबै जिल्लाका जिल्ला अधिवेशन गरिसक्नु पर्ने सर्कुलर जारी गरेको छ।