पिएनजीसँग नेपालको हार, खराब ब्याटिङ गर्दा उपाधि भिडन्तमा

२०८० फाल्गुन ३०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पिएनजीसँग नेपालको हार, खराब ब्याटिङ गर्दा उपाधि भिडन्तमा

 

 

 

त्रिपक्षीय टी–२० शृङ्खलाको फाइनलमा नेपालको खराब ब्याटिङ हुँदा उपाधिविहिन बनेको छ।

१७२ रनको लक्ष्य पछ्याउने क्रममा सबै विकेट गुमाएर ८५ रन बनायो। नेपाल ८६ रनले पराजित भएको छ।

ओपनिङमा आएका विनोद भण्डारी तेस्रो बलमा ४ रनमा आउट भए भने तेस्रो ओभरमा कुशल भुर्तेल ५ रनमा पेभिलियन फर्के। दुवैलाई पिएनजीका मोरियाले बोल्ड गरेका थिए।

यस्तै गुल्सन झा छैटौं ओभरको पहिलो बलमा ६ रनमा रनआउटको सिकार भए।

यस्तै कप्तान रोहित पौडैल आठौं ओभरमा क्याच आउट हुँदा नेपालले चौथो विकेट गुमायो। उनले १२ रन मात्र जोड्न सके।त्यसपछि पनि नेपालको विकेट जाने क्रम रोकिएन।

लोकेश बम पनि ६ रनमा कामियाको एलबिडब्लूको धरापमा परे। प्रतिश जिसी शून्य र करण केसी ३ रनमा आउट भए।

बलिङमा पिएनजीका मोरिया, कामिया, चाड सोपर र सेसे बाउले २-२ विकेट लिए।

उसका लागि ओपनर टोनी उराले ६१ रन जोडे। एलेइ नाओले १० बलमा नटआउट ३० रन बनाए।

बलिङमा नेपालका आकाश चन्द र कुशल भुर्तेलले ३-३ विकेट लिन सफल भए।

नेपालका लागि सबैभन्दा बढी रन जोडेका सन्दीप जोरा १७ रन जोडेर आउट भए। विवेक यादवले १ रन मात्र जोड्न सके। यस्तै केही समय टिकेका आरिफ शेख २० बलमा १५ रन जोड्दा सेसे बाउबाट बोल्ड भए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय