९ रन बनाएर आउट,नेपालका दुवै ओपनर
काठमाडौं : नेपालको दुई विकेट त्रिपक्षीय टी–२० शृङ्खलाको फाइनलमा गुमेको छ।
१७२ रनको लक्ष्य पछ्याउने क्रममा विनोद भण्डारी ४ रन र कुशल भुर्तेल ५ रन बनाएर आउट भएका हुन्।
हङकङमा जारी नेपाल, हङकङ र पपुवा न्यू गिनी (पीएनजी) बीचको खेलमा उपाधि भिडन्तमा पीएनजीले ८ विकेट गुमाएर १७१ रन बनाएको थियो।
नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीन/तीन, करण केसी र गुल्शन झाले एक/एक विकेट लिए ।
मंगलबार दिउँसोको खेलमा हङकङलाई १० विकेटले हराउँदै पीएनजी पनि फाइनलमा पुगेको थियो।
नेपालले यसअघि लिग चरणमा भएको खेलमा पीएनजीलाई ८५ रनले हराएको थियो।