
चार रुपैयाँमै कपाल काट्न पाइने,चैत १ गते
काठमाडौं : बि स्टार एकेडेमी एण्ड युनिसेक्स शैलुनले चैत्र १ गते मात्र ४ रुपैयाँमा कपाल काट्ने साथै सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा ५० प्रतिशत डिस्काउण्ट प्राप्त गर्न सकिने अफर ल्याएको छ।
उनले भोलि(बिहीबार) धेरै प्याक भएमा शुक्रबारको दिन पनि कपाल काट्ने जानकारी दिए। ‘अब धेरै आउँछन् होला,भ्याइएन भने पर्सि पनि काटिन्छ,’
उनका अनुसार स्थानीय मात्रै नभई सबै व्यक्तिहरूले नै चार रुपैयाँमा कपाल काट्न सकिनेछ। उनले उक्त दिन उपस्थित हुनको लागि सम्पूर्ण ग्राहक महानुभाव, बुवाआमा,दाजुभाइ,दिदीबहिनी साथीभाइलगायत सम्पूर्ण कलाकार,पत्रकारलगायत सम्पूर्णलाई आह्वान गरेका छन्। अहिले अधिकांश शैलुनमा सामान्य कपाल काट्न २ सय रुपैयाँमा लाग्छ।
शैलुन आदर्शनगर, कपनको चौथो वार्षिकोत्सवको अवसर पारी उक्त अफर ल्याएको सञ्चालक विक्रम गौतमले बताए। सञ्चालक गौतमले भने,‘हामीले विगतमा झैँ यसपालि पनि पहिलो वर्ष एक रुपैयाँमा, दोस्रो वर्ष दुई रुपैयाँमा, तेस्रो वर्ष तीन रुपैयाँमा गर्दै यसपालि चौथो वार्षिक उत्सवको दिन हामीले चार रुपैयाँमा केश कटिङ्ग गर्ने तयारी गरेका छौँ।’