
ओलीले देउवालाई भने-‘आउनुस् कुरा गरौं, छलफल गरौं, समस्याहरू मिलेर समस्या समाधान गरौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छलफलका लागि आह्वान गरेका छन्।
‘शेरबहादुरजी हिजो सत्तापक्षमा हुनुहुन्थ्यो, पूर्वप्रधानमन्त्री। म अहिले सत्तापक्षमा छु, पूर्वप्रधानमन्त्री पनि हो। म भन्न चाहन्छु शेरबहादुरजीलाई, बसौं। कुरा गरौं,’ ओलीले रोस्टमबाट यस्तो प्रस्ताव राख्दा संसद बैठकमै रहेका देउवा मुसुमुसु हाँस्दै ‘हुन्छ’ भनेका थिए।
अध्यक्ष ओलीले प्रतिपक्षमा बस्दैमा कुरा नचल्ने भन्ने नहुने पनि बताए।
‘पपुलर भोटमा कांग्रेसभन्दा हाम्रो अलिकति बढी नै छ तर कुरै चल्दैन, बोली चल्दैन?,’ कांग्रेसलाई लक्षित गर्दै ओलीले भने, ‘यस्ता प्रवृत्तिलाई अन्त्य गरौं।’
‘आउनुस् कुरा गरौं, छलफल गरौं। समस्याहरू मिलेर समस्या समाधान गरौं। देश समस्याग्रस्त छ। भ्रष्टाचार रोक्नुपर्दछ,’ ओलीले भने।
उनले संसदमा कसैको पनि एकल बहुमत नभएको बताए। कांग्रेसले एमालेभन्दा केही सिट धेरै ल्याएको उनको भनाइ थियो।