
अमेरिकी राजदूत बिहानै कोटेश्वर पुगे, माधव नेपाललाई भेट्न
काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र अमेरिकी राजदूत डीन थम्सनबीच भेटवार्ता भएको छ।
नेपालको राजनीतिक सन्दर्भ र नेपाल अमेरिका सम्बन्धका बारेमा आज बिहान भएको भेटमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।
पछिल्लो राजनीतिक परिवर्तनपछि माधव नेपाल निर्णायक मानिएका छन्। एमाले अध्यक्ष ओलीसहितका शीर्ष नेता उनको घरमा नै पुगेर भेटवार्ता गरिरहेका छन्।