५३७ खरिदार लोकसेवाले माग्यो, कुन ठाउँबाट कति ?

२०८० फाल्गुन ३०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

५३७ खरिदार लोकसेवाले माग्यो, कुन ठाउँबाट कति ?

 

 

काठमाडौं :  ५ सय ३७ जना खरिदारका लागि  लोकसेवा आयोगले आवेदन माग गरेको छ। आयोगले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरहका पदमा आवेदन आह्वान गरेको हो।

आयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

लिखित परीक्षा, कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ताका माध्यमबाट उक्त पदहरूमा छनोट गरिने छ।

यही चैत २० सम्म दरखास्त दिन सकिने छ। त्यस्तै चैत २७ सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ।  जसअन्तर्गत सामान्य ज्ञान तथा आधारभूत सिप परीक्षण आगामी वैशाख २९ मा बिहान ११ बजे हुनेछ। त्यस्तै प्रथम चरणको परीक्षामा उत्तीर्ण भएकाहरूका लागि दोस्रो र तेस्रो पत्रको परीक्षा आगामी असार १४ र १५ मा हुने छ। ​

हेर्नुहोस् कहाँबाट कति माग 

धनकुटा-३८
इलाम – ३१
खोटाङ- २६
जलेश्वर -७१
काठमाडौं- ११८
हेटौंडा -१६
पोखरा -४५
बागलुङ- २०
बुटवल -३५
दाङ -२७
सुर्खेत- ३१
जुम्ला -१८
दिपायल- ३४
महेन्द्रनगर- २७

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय