भिरबाट लडेर युवकको मृत्यु, रामेछापमा

२०८० फाल्गुन ३०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भिरबाट लडेर युवकको मृत्यु, रामेछापमा

 

 

काठमाडौँ । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–४ मा भिरबाट लडेर युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोरम्बा शैलुङ्ग–७ लखनपुर घर भएका २२ वर्षीय विशाल घतानी छन् ।

उनी भिरबाट करिब २ सय मिटर तल चौर खोलाको बगरमा खसेका हुन् । घटनाबारे इलाका प्रहरी कार्यालय टोकरपुरका इन्स्पेक्टर मणिराम थापा नेतृत्वको टिमले अनुसन्धान गरिरहेको छ ।

दर्गास्थित मामाघरबाट फर्किंदा छिरिङ भिरबाट लडेर उनको मृत्यु भएको रामेछापका डीएसपी होम पराजुलीले रातोपाटीलाई बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय