जनकपुरको एक होटलमा मृत्यु,पोखराकी युवतीको

२०८० फाल्गुन २९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जनकपुरको एक होटलमा मृत्यु,पोखराकी युवतीको

 

 

धनुषा : जनकपुरधामको एक होटलमा पोखराकी युवतीको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-८ रामानन्द चोकस्थित होटेल सिटी एण्ड फ्यामली रेष्टुरेन्टमा सोमबार साँझ साथीहरूसँगै आएकी सुनारको मंगलबार बिहान साढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले बताए ।

त्युमृ हुनेमा कास्कीको पोखरा महानगरपालिका-१३ बस्ने अन्दाजी ३० वर्षीया खुश्बु सुनार नेपाली रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले बताए ।

खुश्बुको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन्।

प्रहरी नायव उपरीक्षक अवाले घटना शंकास्पद रहेको र युवतीको निधन पनि शंकास्पद देखिएकाले घटनाको अनुसन्धान अगाडि बढाइएको बताए । युवतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र सँगै बसेको भनिएका दुई युवकको खोजी भइरहेको धनुषा प्रहरीले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय