वृद्धाको मृत्यु,मोटरसाइकलले ठक्कर दिँदा

२०८० फाल्गुन २९, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

वृद्धाको मृत्यु,मोटरसाइकलले ठक्कर दिँदा

 

 

इनरुवा : सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित पिपलचोकमा गएराति मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ।

इटहरी-२ की ७८ वर्षीया चन्द्रकुमारी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्र्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएकी बोहराको उपचारका क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

कोशी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४०प ४४८३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको थियो।

मोटरसाइकलकले ठक्कर दिँदा ५८ वर्षीय गोविन्दबहादुर बोहोरा घाइते भएका छन्। उनको उपचार भइरहेको छ। मोटरसाइकल चालक तत्काल फरार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय