एपीएफ र चर्च ब्वाइज भिड्दै, झापा गोल्डकपको फाइनलमा
काठमाडौं : आज चर्च ब्वाइज क्लब काठमाडौँ र विभागीय टोली एपिएफ क्लबबिच प्रतिस्पर्धा छैटौँ झापा गोल्डकपको उपाधिका लागिहुने भएको छ।
खेल अपरान्ह तीन बजे डोमलाल रंगशालामा हुनेछ। शनिबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले आयोजक झापा–११ लाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो।
पहिलो सेमिफाइनलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई १—० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो।
प्रतियोगिताको विजेता टोलीले १३ लाख र उपविजेताले सात लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछ।