महिला हत्या आरोपी पक्राउ संखुवासभामा

२०८० फाल्गुन २८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

महिला हत्या आरोपी पक्राउ संखुवासभामा

 

 

संखुवासभा :  प्रहरीले महिलाको हत्या गरेको आरोपमा एकजना पक्राउ गरेको छ।

सिलिचोङ गाउँपालिका घरभई हाल खाँदबारी नगरपालिका-७ स्थित आर्मी क्याम्प नजिकै डेरा गरी बस्ने २६ वर्षीया विना राईको हत्या आरोपमा खाँदबारी-११ हरेलोका ३१ वर्षीय मङ्सिरे शेर्पा पक्राउ परेका हुन्।

शेर्पाले मादक पदार्थ सेवन गरी कुटपिट गरेर राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जगेबुले बताए ।

प्रहरीका अनुसार शेर्पा खाँदबारी नगरपालिका-७ स्थित आर्मी क्याम्प नजिकै विनासँग ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए । गत फागुन १८ गते राति विनाको हत्या गरेर फरार भएका शेर्पालाई प्रहरीले २४ गते राति खाँदबारी-७ स्थित वेलफर डाँडाबाट पक्राउ गरेको हो।

प्रहरी​लेपत्रकार सम्मेलन गरी शेर्पालाई आइतबार सार्वजनिक गरेको हो।घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय