एकजनाको मृत्यु, बस र मोटरसाइकल ठोक्किँदा

२०८० फाल्गुन २८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एकजनाको मृत्यु, बस र मोटरसाइकल ठोक्किँदा

 

 

उदयपुर : मदनभन्डारी राजमार्गको गाईघाट–कटारी सडक खण्डको त्रियुगा नगरपालिका ७ कालिखोला होक्सेमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

कटारिबाट गाईघाट आउँदै गरेको स १ ख ८१६ नम्बरको यात्रुबाहक बस र प्रदेश १ –०१–०१६ प ४६७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो।

मृत्यु हुनेमा सुर्योदय नगरपालिका ३ इलामका २४ वर्षीय प्रगित राई रहेको उदयपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय