आज वर्षाको सम्भावना कर्णाली र सुदूरपश्चिममा

२०८० फाल्गुन २८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आज वर्षाको सम्भावना कर्णाली र सुदूरपश्चिममा

 

 

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा सोमबार केही प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागको मौसम सामान्यतया सफा छ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र  सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भेग एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय