काठमाडौं : ग्याल्पो ल्होसारजस्ता पर्वले नेपालीबीच एकता, सामाजिक साँस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन्।
यो अवसरमा उनले स्वदेश तथा विदेशमा रहेकानेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना गरेका छन्।
नेपालको हिमाली क्षेत्र मूल थलो भएका आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बीले फाल्गुन शुक्लपक्ष प्रतिपदामा नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउँछन्।
ग्याल्पो ल्होसारको अवसरमा शुभकामना दिँदै उनले यो पर्वले सबै नेपालीबीचको एकतालाई अझ सदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न प्रेरणा दिने बताएका छन्।