
कार्यालयमै हातपात, राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कानेता ठाकुरमोहन श्रेष्ठ माथि हातपात भएको छ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी श्रेष्ठमाथि हातपात भएको हो।
कार्यसम्पादन समिति बैठकमा नेता श्रेष्ठले भ्रष्टाचारका विषयका कुरा राखेका थिए। त्यसबेला नेता विक्रम पाण्डेसँग भनाभन भएको थियो।
‘भ्रष्टाचारका विषयमा ठूला कुरा नगरे हुन्छ’ भनेर पाण्डेलाई श्रेष्ठले भनेको एक कार्यसम्पादन समिति सदस्यले सेतोपाटीलाई बताए।
कार्यसम्पादन समिति बैठक खाना खाएपछि पुन: बस्ने गरी स्थगित भएको छ। बैठक स्थगित भएपछि बाहिर निस्कँदै गर्दा अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्षबाहिर श्रेष्ठमाथि हातपात भएको हो।
बैठकपछि पाण्डेनिकटले श्रेष्ठमाथि हातपात गरेको आरोप लागेको छ। राप्रपा केन्द्रीय कार्यालयले भने सिसी टिभी फुटेज हेरेर कारबाही प्रक्रियामा जाने जनाएको छ।
‘कार्यसम्पादन समिति सदस्य श्रेष्ठमाथि हातपात भएको हो, कसले किन गरेको हामी खोज्छौं,’ राप्रपाका एक नेताले भने।