बिदाइ गरिँदै,महाशिवरात्रिमा आएका साधुहरूलाई दक्षिणा दिएर

२०८० फाल्गुन २७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बिदाइ गरिँदै,महाशिवरात्रिमा आएका साधुहरूलाई दक्षिणा दिएर

 

 

काठमाडौँ । महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आएका साधुहरूलाई आज बिदाइ गरिदैँछ। देश तथा बिदेशबाट आएका साधुहरूलाई पशुपति क्षेत्र विकास कोषले बिदाइ गर्ने भएको हो ।

नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी उनीहरूलाई दक्षिणा दिने प्रचलन छ ।

सन्त बाबाहरूलाई पाशुपत क्षेत्रमा खीर खुवाएर, दानभेटी, मिष्ठान्न प्रसाद दिएर बिदा गर्ने चलन छ  । बिदाइ गर्दा गुठी संस्थानले बाबाहरूलाई दक्षिणा दिने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय