फिल्म‘अञ्जिला’ को पोष्टर सार्वजनिक

२०८० फाल्गुन २७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिल्म‘अञ्जिला’ को पोष्टर सार्वजनिक

 

काठमाडौं : राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक तथा कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’को पोस्टर सार्वजनिक भएको छ।

मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुक सार्वजनिक भए पनि यसको प्रदर्शन मिति भने अझै तय गरिएको छैन।

पोष्टर सार्वजनिक भएपछि खुसी हुँदै सुब्बाले सामाजिक सञ्जालबाट भनेकी छन्,‘कस्तो लाग्यो हेरेर प्रतिक्रिया पाउँ।’

उक्त चलचित्र अञ्जिलाकै जन्मथलो इलामको आइतबारे सहित झापा र काठमाडौंमा छायांकन भएको छ। उनी आफै फिल्मको मुख्य भूमिकामा छिन्। उनीसँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, वुद्दि तामाङ, विजय बराल, हरि खड्का लगायतका कलाकारको फिल्ममा अभिनय छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय