आधा दिन सार्वजनिक बिदा,स्थापना दिवस मनाउन पोखराले दियो

२०८० फाल्गुन २७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आधा दिन सार्वजनिक बिदा,स्थापना दिवस मनाउन पोखराले दियो

 

 

आज दिउँसो १ बजेपछि बन्द हुने पोखरा महानगरपालिका अन्तर्गतका सबै कार्यालय भएका छन् । महानगर स्थापना दिवस मनाउनका लागि कार्यालयमा आधा दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

स्थापना दिवसको अवसर पारेर पोखराले पोखरा भवन र खुइखेत खोला पुलको शिलान्यास गर्न लागेको छ ।महागरले पोखराको चिनारी बढाउनका लागि पृथ्वीचोकमा पोखरा घर बनाउन लागेको हो ।

पोखरा महानगर स्थापना भएको ७ वर्ष पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले सूचना जारी गरी १ बजेपछि महानगर सहित महाशाखा र वडा कार्यालयहरूमा बिदा दिइएको बताए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय