ट्र्याक्टर दुर्घटना सिन्धुलीमा हुँदा एकजनाको मृत्यु

२०८० फाल्गुन २४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ट्र्याक्टर दुर्घटना सिन्धुलीमा हुँदा एकजनाको मृत्यु

काठमाडौं : सिन्धुलीमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

ट्र्याक्टरमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका ५ का ३० वर्षीय दिनेश काफ्लेको मृत्यु भएको हो।

कमलामाई नगरपालिका ३ सोलाभञ्ज्याङ तुफानडाँडास्थित भित्री सडकखण्डमा सिन्धुलीबाट चपौलीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ त ४११३ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा बिहीबार बिहान ३ बजे मृत्यु भएको प्रहरी निरीक्षक केशवकुमार कटुवालले जानकारी दिए

चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कटुवालले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय