पोखराबाट तीनजना पक्राउ सहकारीमा ठगी गरेको आरोपमा
पर्वत :तीनजनालाई सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ।
पोखरा महानगरपालिका-९ न्यूरोडमा रहेको विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना तथा अपचलन अभियोगमा सञ्चालक समितिका अध्यक्ष सुवर्णमान नकर्मी, सदस्य एवं ऋण संयोजक कृष्णमान श्रेष्ठ र सन्दीप पौडेल पक्राउ परेका हुन्।
सञ्चालक समितिका पदाधिकारीहरूले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको, रकम अपचलन एवं ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा निवेदन दिएका थिए।
रजिस्ट्रारको कार्यालयको पत्र जाहेरीको आधारमा मुद्दा दर्ता भई अनुसन्धान चलिरहेको कास्की प्रहरीले जानकारी दिए।