
प्रतिबन्ध खारेज, डोनाल्ड ट्रम्पमाथि लगाइएको
वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतले सोमबार राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज गरेको छ । यस निर्णयको प्रतिक्रिया दिँदै ट्रम्पले यसलाई अमेरिकाको ठुलो जीत भनेका छन् ।
तर फेब्रुअरी ८ मा भएको सुनुवाइमा सर्वोच्च अदालतका न्यायाधीशहरूले यो कदमलाई शङ्काको दृष्टिले हेरे। यससँगै उनीहरूले राज्य आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएको आरोप लगाए । अदालतले १४ औँ संशोधनको धारा ३ लागू गर्ने अधिकार कुनै राज्यको हातमा नभएर कंग्रेसको हातमा रहेको बताएको छ । यसपछि सर्वोच्च अदालतले ट्रम्पले चुनाव लड्न सक्ने बताएको छ ।
७७ वर्षीय डोनाल्ड ट्रम्पले यस चुनावमा आफ्नो एक मात्र प्रतिद्वन्द्वी निक्की हेलीलाई हराएर रिपब्लिकन पार्टीको मनोनयन जित्ने विश्वास गरिएको छ । प्राइमरी अमेरिकी राष्ट्रपति चुनाव प्रक्रियाको चरण हो जसमा दलहरूले मतदान मार्फत आफ्ना उम्मेदवारहरू निर्णय गर्छन्।
यसको अर्थ डोनाल्ड ट्रम्पले मंगलबार हुन लागेको अमेरिकी चुनावको प्राथमिक चरणमा भाग लिन सक्नेछन् । यसै दिन उनी रिपब्लिकन पार्टीको मनोनयनमा आउने पक्का हुन सक्छन् । किनभने कोलोराडोसहित १५ अमेरिकी राज्यले प्राथमिक चरणको मतदान गर्नेछन्। यसलाई सुपर ट्युजडे भनिन्छ ।