चार जनाको मृत्यु, छुट्टाछुट्टै सवारी दुर्घटनामा

२०८० फाल्गुन २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चार जनाको मृत्यु, छुट्टाछुट्टै सवारी दुर्घटनामा

 

 

काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१८ स्थित सडकमा लु.२ ख २१४२ नम्बरको बसले युपी ४० एजे ७२३३ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक भारत उत्तर प्रदेश घर भएका २० वर्षीय अनिल कुमारको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषा, मिथिला नगरपालिका-२ हजरा चोकस्थित सडकमा ज.४ प १९४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित होटल संचालन गरी बस्ने ४० वर्षीय चन्दन पटेलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

चितवन, भरतपुर महानगरपालिका-७ माच्छापुच्छ्रे चोकमा ना.४ ख ५८१५ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने बिक्रम पौडेलको छोरा १० वर्षीय आरूष पौडेलको सोमबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापा, झापा गाउँपालिका-४ मंगलवारेस्थित सडकमा मे.३ प ५९२१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय शम्भु कार्कीको सोमबार साँझ मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो  । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय