१८५ रनको जितको लक्ष्य नेपालले दियो

२०८० फाल्गुन २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१८५ रनको जितको लक्ष्य नेपालले दियो

 

 

काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा आज नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए। नेपालले ८ विकेट गुमाएर १८४ रन बनाएको थियो।

१८४ रन बनाउने क्रममा आशिफ शेखले सर्वाधिक ४७, गुलशन झा ३४, कुशल मल्ल २६, रोहित पौडेल २५, कुशल भुर्तेल २०,करण केसी ९, सोमपाल कामी र प्रतिश जिसीले समान ६ रन बनाए।

घरेलु मैदानमा एक वर्षअघि एसीसी प्रिमियर कपको उपाधि जितेको नेपालले त्यसयता दुई उपाधिको अवसर गुमाएको छ।​ नेदरल्याण्ड्सलाई नेपालले पछिल्लो समय लिग ट’मा नौ विकेटले हराएको छ भने जारी सिरिजमा ६ विकेटले हराइसकेको छ।

लिग चरणमा दुवै टिमले दुई खेलमा जित दर्ता गरेर फाइनल यात्रा तय गरेका हुन्। लिगको अन्तिम खेल भने वर्षाले प्रभावित बनेपछि पाँच अंकसहित लिग चरणको शीर्ष स्थानमा रहेर नेदरल्याण्ड्स फाइनल पुगेको थियो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय