१४ वर्षीया किशोरीको बीभत्स हत्या मोरङमा

२०८० फाल्गुन २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

१४ वर्षीया किशोरीको बीभत्स हत्या मोरङमा

 

 

काठमाडौं : एक किशोरीको मोरङको पथरीमा धारिलो हतियार प्रहार गरी हत्या भएको छ।

सोमबार राति करिब १० बजे पथरीशनिश्चरे वडा नम्बर ७ मा खोटाङ जिल्ला ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर ६ निवासी दानबहादुर राईकी  छोरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार फूपु छोराको घरमा बस्दै आएकी १४ वर्षीया ज्ञानमति थुलुङ राईलाई अपरिचित व्यक्तिले टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेका हुन्। नाबालिकाको टाउको र शरीर छुट्टिने गरी हत्या भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी गणेश श्रेष्ठले बताए।​ ज्ञानमति पथरीस्थित पञ्चायत माविमा कक्षा ७ मा अध्ययनरत् थिइन्। घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालयको टोली तथा मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की आफैं पुगेका छन्। घटनाको अवस्था जटिल रहेको र हत्यारा अहिलेसम्म पत्ता लाग्न नसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय