बोलायो सचिवालय बैठक एकीकृत समाजवादीले

२०८० फाल्गुन २१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बोलायो सचिवालय बैठक एकीकृत समाजवादीले

 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणको बाटो राजेपछि एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको हो ।

योसँग कांग्रेस, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नाउपा लगायतका दल सम्बद्ध गठबन्धन भत्किएको छ ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्रीको नयाँ सत्ता समीकरणको उद्देश्य र प्रक्रियालाई हेरिरहेको बताए । ‘यसको उद्देश्य र प्रक्रियालाई हामी हेर्छौँ र आवश्यक निर्णय गर्छौँ ।

त्यसका निम्ति हामी आज दिउँसो ३ बजे पार्टी अध्यक्षको निवास, कोटेश्वरमा सचिवालय बैठक बस्दैछौ ,’ उनी भन्छन् । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, जनमत, नाउपा लगायतको नयाँ सत्ता समीकरण बनेको छ ।|

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय