पछिल्लो सहमतिअनुसार एमाले, रास्वपा र जसपाबाट एक–एकजना जनाले आजै मन्त्रीमा शपथ लिने तयारी गरेका हुन्। नयाँ मन्त्रिमण्डल गठनका लागि प्रधानमन्त्री निवास बालुवाटारमा एमाले, माओवादी र रास्वपाको बैठक जारी छ।
एमालेको तर्फबाट महासचिव शंकर पोखरेल, अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन्। माओवादीबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी छन्। रास्वपाबाट सभापति रवि लामिछाने बैठकमा सहभागी छन्।
एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ। माओवादी, रास्वपा र जसपाले मन्त्री टुंग्याउन बाँकी छ। अहिलेको बैठकमा जनता समाजवादी पार्टी जसपा बैठकमा सहभागी छैन्। यद्यपी उसले आकस्मिक बैठक बोलाएको छ।