झापामा सवारी दुर्घटना एक जनाको मृत्यु
काठमाडौं : झापामा सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ। शनिबार भएका दुर्घनामा उनको मृत्यु भएको हो।
झापा, मेची नगरपालिका-५ घोडाधिनमा मे.११ प ५७६५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया देविमाया विकको शनिबार बेलुकी मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको बि एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।