
२ जनाको मृत्यु,पोखरामा मोटरसाइकल दुर्घटना
पोखरामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
पोखरा ७ बुलौंदी ओरालोमा हल्लनचोक बाट जिरो तर्फ गुडिरहेको बा.प्र ०२-०३४ प ५६२१ नम्बरको बुलेट मोटरसाइकल सडक बिचमा रहेको डिभाइडरमा ठोकिएर दुर्घटना भएको हो ।
उनीहरु दुर्घटनामा गम्भिर घाइते भएका थिए । दुवैजनालाई गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका वैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले बताए ।
प्रहरी नियन्त्रणमा मोटरसाइकल छ । दुवै जनाको शव पोष्ट मार्टमको लागि गण्डकी अस्पतालमा राखिएको उनले जानकारी दिए ।