उठ्यो एक करोड रुपैयाँ विद्यालयका लागि

२०८० फाल्गुन १९, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

उठ्यो एक करोड रुपैयाँ विद्यालयका लागि

 

 

म्याग्दी : बेनी नगरपालिका-४ सिङ्गास्थित धवलागिरि माविलाई  एक करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग जुटेको छ। १० जोड २ तहको कक्षा सञ्चालनका लागि विद्यालयले सञ्चालन गरेको पूर्व शिक्षक, विद्यार्थी र शुभचिन्तकको पुनर्मिलन अभियान मार्फत रकम संकलन भएको हो।

२०७४ देखि थालिएको अभियानका संयोजक तथा पूर्व प्रधानाध्यापक डण्डपाणि सापकोटाले नौ लाख ६६ हजार प्राप्त हुन बाँकी रहेको जानकारी दिए। संकलन गरेको रकमको ब्याजबाट कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गरेको बताए।

दुई सय ४९ जनाले सहयोग घोषणा गरेकामा हालसम्म २०७ जनाबाट सहयोग प्राप्त भएको छ । बेनी नगरपालिका-४ बास्कुना घर भई हाल न्युजिल्याण्डमा रहेका सबैभन्दा बढी २५ लाख सहयोग लालबहादुर केसीले गरेको संयोजक सापकोटाले जानकारी दिए। गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजिल्याण्डका अध्यक्षसमेत रहेका उनले हजुरआमा गौमति खत्रीको स्मृतिमा रकम सहयोग गरेका हुन्।

हाल विद्यालयमा करिब २५० विद्यार्थी अध्ययनरत छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय