हल्लामात्रै बढी गर्‍यो सरकारले सुशासनको : महासचिव शंकर पोखरेल

२०८० फाल्गुन १८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हल्लामात्रै बढी गर्‍यो सरकारले सुशासनको : महासचिव शंकर पोखरेल

 

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले हल्लामात्रै बढी सरकारले सुशासनको गरेको बताएका छन् ।

जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गठबन्धन सरकार पूर्ण रुपमा असक्षम र असफल सावित भएको दाबी गरे ।

उनले एमाले सरकारमा रहँदा अघि बढाएको विकास निर्माणका कामहरुले अहिले गति लिन नसकेको बताए ।

उनले वर्तमान सरकार खर्च जुटाउने कुरामा पनि असफल रहेको बताए । उनले शिक्षक, कर्मचारीको पारिश्रमीक आन्तरिक ऋण उठाएर खुवाउनुपर्ने अवस्था अहिलेको सरकारले सिर्जनाा गरेको बताए ।

उनले पुँजीगत खर्च इतिहासकै अत्यन्त कमजोर अवस्थामा रहेको र पुँजीगत खर्च भविष्यमा देश कस्तो बन्छ भन्नेकुराको आधार भएको समेत बताए ।

मन्त्री दोषी ठहर हुँदासमेत राजीनामा नदिएको भन्दै आपत्ति महासचिव पोखरेलले  जनाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय