करण केसी आउट एक छक्का हानेर
काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजमा सातौँ झट्का नेपाललाई लागेको छ।
नामिबियाविरुद्धको खेलमा एक छक्का हान्दै ७ रन बनाएर करण केसी आउट भएका हुन्।
यसअघि २ बल खेल्दै १ रन बनाएर आशिफ शेख आउट भएका हुन् भने १० रन बनाएर कप्तान रोहित पौडेल आउट भए। त्यस्तै अनिल साह २३ रन बनाएर आउट भएका थिए। यसैगरी २६ रन बनाएर गुलशन झा आउट भएका थिए। त्यस्तै ३१ रन बनाएर आरिफ शेख आउट भए भने १६ रन बनाएर दिपेन्द्रसिंह ऐरी आउट भए।
सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनले हारेको नेपाल दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भयो। खेलमा लगातार दुई खेल जितेको नेदरल्याण्ड्स चार अंकका साथ शीर्ष स्थानमा छ। नामिबियाको दुई अंक रहेको छ भने नेपाल अंकविहीन छ । शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ।