
एक जना पक्राउ स्रोत नखुलेको १४ लाखसहित
प्रहरीले सर्लाहीबाट स्रोत नखुलेको १४ लाख १० हजार रुपैयाँ नगद बरामद गरेको छ।
सर्लाही लालबन्दी-१४ स्थित लखन्देही खोलामा प्रहरी चौकी पथ्थरकोटबाट खटिएको गस्ती टोलीले स्राेत नखुलेकाे रकमसहित एक जनालाई पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेमा माेटरसाइकल चालक जिल्ला सर्लाही लालबन्दी- १४ बस्ने ४६ वर्षीय धनबहादुर पाख्रिन छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले प्र.२-०३-०११ प ८३५७ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलमा अवैध रूपले स्रोत नखुलेको १४ लाख १० हजारसहित एक जनालाई पक्राउ गरिएकाे बताए।
पक्राउ परेका पाख्रिनलाई इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीमा ल्याई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।