बर्दिया : ठाकुरबाबा नगरपालिका–४ मा गएराति गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्षिराम जैशीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ।
गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति १० बजे तिर शव पूर्ण रूपमा जलेको अवस्थामा लछिराम जैशीको फेला परेको प्रहरी जनाएको छ।
शव पोष्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको छ।