
छुटे, संसद् भवनमा प्रदर्शन गर्दा पक्राउ परेका लघुवित्त ऋणीहरू
काठमाडौं : बानेश्वरस्थित संघीय संसद् भवन परिसर छिरेका लघुवित्त ऋणीहरू रिहा भएका छन्। पक्राउ परेका सबै ४९ जनालाई हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।
गत शुक्रबार संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको दाबी गर्ने समूह प्रहरीलाई ठेल्दै भवनभित्रै प्रवेश गर्न खोजेको थियो।
उच्च सुरक्षा र सतर्कता अपनाइएसँगै थप क्षति हुनबाट भने जोगिएको थियो। प्रहरीले भवन परिसरमा प्रदर्शन गर्ने ४९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो।
सुरक्षामा लापरबाही गरेको भन्दै संसद भवन सुरक्षार्थ खटाइएको प्रहरी युनिट परिवर्तन गरिएको छ।