३ जना पक्राउ ४५ किलो चरेससहित

२०८० फाल्गुन १६, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

३ जना पक्राउ ४५ किलो चरेससहित

 

 

मकवानपुरमा अवैध लागुऔषध ४५ किलो चरेससहित ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा थाहा नगरपालिका-८ का ३० वर्षीय बिमल स्याङतान, कैलाश गाउँपालिका-१ का ५२ वर्षीय चन्द्र बहादुर घलान र भिमफेदी गाउँपालिका-१ का ३२ वर्षीय नवराज तामाङ हुन्।

उनीहरूलाई भिमफेदी गाउँपालिका-२ को पालुङबाट हेटौंडातर्फ जाँदै गरेको ना.४ ख ६०९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई भैँसे प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय