काठमाडौं : गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन बुधबार शुरु हुँदैछ। बैठक दिउँसो २ बजे बोलाइएको छ।
बैठकअघि कार्यव्यवस्था परामर्श समिति बसेर कार्यसूची तय गर्नेछ। प्रदेश सरकारका प्रवक्तासेत रहेका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक यो अधिवेशनमा पेश हुने जानकारी दिएकी छिन्।
यस्तै, प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक पनि सदनमा पेश हुनेछ।