शव सशस्त्र प्रहरीले निकाल्यो सेतीमा माछा मार्न गएका एकको, एकको खोजी जारी

२०८० फाल्गुन १४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

शव सशस्त्र प्रहरीले निकाल्यो सेतीमा माछा मार्न गएका एकको, एकको खोजी जारी

 

 

काठमाडौं : कास्की जिल्ला पोखरा महानगरपालिका– १७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता एकको शव सशस्त्र प्रहरीले निकालेको छ, भने एकको खोजीकार्य जारी छ।

माछा मार्न गएका ५ जनामध्ये  सोही महानगरपालिका– १ कसेरी बस्ने ४० वर्षका मृत मंगा तामाङ्ग ढुङ्गामा अड्किएको अवस्थामा सशस्त्र प्रहरी बल
नेपाल नम्बर–२४ कालिका गण कास्कीबाट गएको गोताखोर र विपद् उद्धार टिम सहितको फौजले गएराति पौने १ बजे शव निकालेको छ। सोही ठाउँ बस्ने ४३ वर्षका रक्सेस तामाङ्गको गोताखोर र विपद् उद्धार टिमले  खोजी कार्य जारी राखेको  छ।

शव पोस्टमार्टमको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। माछा मार्न गएका अन्य ३ जना भने सकुशल रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय