तीन जना पक्राउ फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गरेको आरोपमा

२०८० फाल्गुन १३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

तीन जना पक्राउ फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गरेको आरोपमा

 

फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

डाँगीको घरबाट गत फागुन ६ गते ४५ लाख रुपैयाँ चोरी भएको थियो।

चोरीमा संलग्न रहेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

दोलखाको शैलुङ गाउँपालिका ६ का २१ वर्षीय अनुप तामाङ, शैलुङकै २० वर्षीय रविन तामाङ र ललितपुर गोदावरी ६ का २४ वर्षीय राजन श्रेष्ठलाई प्रहरीले चोरी आरोपमा पक्राउ गरेको हो।

फुटबल खेलाडी डाँगीको घरअगाडि अनुपको आफन्तको घर रहेको र उनी त्यहाँ बारम्बार जाने र सोहीक्रममा योजना बनाएर चोरी गरेको प्रारम्भिक बयानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय