आजदेखि मिटरब्याज पीडितहरूको उपत्यका केन्द्रित न्याय मार्च

२०८० फाल्गुन १३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आजदेखि मिटरब्याज पीडितहरूको उपत्यका केन्द्रित न्याय मार्च

 

मिटरब्याज पीडितहरूले आजदेखि उपत्यकामा मिटरब्याज विरूद्धको न्याय मार्च सुरू गर्ने भएका छन्।

२५ दिन हिडेर शुक्रबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूले शानिबार आराम  गरेपछि आइतबारदेखि  मार्च सुरू गर्न लागेका हुन्।

उनीहरूले आज साढे १२ बजेदेखि पद्मोदयमार्ग-बगबजारहुँदै विद्युत प्राधिकरणको भवनअगाडि हुँदै भृकुटीमण्ड आएर कार्यक्रम गर्ने मिटर ब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले जानकारी दिए।

‘८ सयभन्दा धेरै उपस्थित छौं। शान्तिपूर्ण न्याय मार्च गर्छौं,’ उनले भने।

एक फन्को मार्च भइसकेपछि कार्यक्रममा  पीडितका समस्याहरूकोबारेमा विभिन्न व्यक्तिहरूले बोल्नेछन्। अहिलेसम्म सरकारले उनीहरूलाई कुनै पनि वार्ताका लागि बोलाएको छैन। त्यसैले आफूहरू आन्तरिक छलफलमा लागि परेको उनले बताए।

उनीहरूले ६ बुँदे माग राख्दै माघ १६ गतेदेखि हिँड्न थालेका हुन्। उनीहरू आफ्ना माग पुरा नभएसम्म नफर्किने अडानमा छन्।

उनीहरू शुक्रबारदेखि भुकृटीमण्डपमा बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय