
अनेरास्ववियुको समर्थन मिटरब्याज पीडितको आन्दोलनमा
काठमाडौँ । एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले मिटरब्याज पीडितको आन्दोलनप्रति समर्थन जनाउँदै समस्या समाधानका लागि गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले बिहीबार विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितका समस्या समाधानमा सरकारलाई आग्रह गर्दै आन्दोलनप्रति समर्थन जनाएका हुन् ।
पूर्वको काँकडभिट्टा र सुदूरपश्चिमको कञ्चनपुरबाट २३ दिन पैदल हिँडेर न्याय माग्दै देशभरका मिटर ब्याज पीडितहरू न्याय माग्दै काठमाडौँ आएका छन् ।