कांग्रेस पदाधिकारी बैठक गोदावरीमा

२०८० फाल्गुन १०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कांग्रेस पदाधिकारी बैठक गोदावरीमा

 

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बसिरहेको छ । महासमिति बैठकस्थल नजिकै गोदवारीमा बैठक बसिरहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

नेता विश्वकर्माका अनुसार महासमिति बैठकको निर्णय र समापनबारे छलफल गर्न पदाधिकारीसहित पूर्व पदाधिकारीको बैठक बोलाइएको हो ।

फागुन ७ गतेबाट सुरु भएको कांग्रेसको महासमिति बैठक आज बिहीबार समापन हुँदैछ । बैठकमा नेताहरुले विभिन्न प्रस्ताव पेश गरेका थिए । ती प्रस्तावमाथि भएको छलफल र सुझावका आधारमा निर्णय गर्दै बैठक समापन गर्ने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय