मोटरसाइकलमा सवार २ जना घाइते, बाघको आक्रमणबाट

२०८० फाल्गुन १०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मोटरसाइकलमा सवार २ जना घाइते, बाघको आक्रमणबाट

बारामा बाघको आक्रमणबाट दुईजना घाइते भएका छन्।

बुधबार पौने ५ बजे जितपुर सिमरा उपमहानगरपालिका-१६ भद्रकालीस्थित पूर्व-पश्चिम लोकमार्गको जंगलमा पथलैयाबाट रौतहट जाँदै गरेको ना ६५ प ५०११ नम्बरको मोटरसाइकललाई बाघले आक्रमण गरेको थियो।

बाराका डिएसपी दधिराम न्यौपानेका अनुसार बाघको आक्रमणबाट मोटरसाइलकल चालक रौतहट बौधिमाइ नगरपालिका- ३ का ३० वर्षीय कृष्ण साह र मोटरसाइकलको पछाडि सवार ३५ वर्षीय राजु साह घाइते भएका छन्।

कृष्णको खुट्टामा र राजुको हातमा चोट लागेको छ।

डिएसपी न्यौपानेका अनुसार जंगलको सडकमा बाघले आक्रमण गरेपछि उनीहरू चिच्याएका थिए। अगाडि पछाडि चलेका गाडिहरू रोकिएपछि बाघ त्यहाँबाट भागेको थियो।

त्यसपछि प्रहरीलाई खबर भएपछि बाघको आक्रमणमा परेका २ जनालाई उद्धार गरी अस्पताल लगिएको डिएसपी न्यौपानेले जानकारी दिए।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय