चट्याङ लागेर सल्यानमा चारजना घाइते

२०८० फाल्गुन १०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चट्याङ लागेर सल्यानमा चारजना घाइते

 

सल्यान : शारदा नगरपालिकामा चट्याङ लागेर चारजना घाइते भएका छन्। बुधबार साँझ शारदा नगरपालिका १३ स्यानीखाल तिर्थपोलेका देवीलाल बस्नेत र टिकाराम बस्नेतको घरनजिकै चट्याङ पर्दा चारजना घाइते भएका हुन् ।

स्थानीय जानकी बस्नेत, सुशीला भारती, मनिषा बुढाथोकी र सुनिल बस्नेत घाइते भएको शारदा–१३ का वडाध्यक्ष जंगबहादुर बुढाले जानकारी दिए। जानकी र सुनिलको अवस्था गम्भीर छ भने दुईजनाको अवस्था सामान्य छ । घाइतेलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल लगिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय