हट्दै कर्फ्यु रौतहटमा

२०८० फाल्गुन ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हट्दै कर्फ्यु रौतहटमा

 

काठमाडौँ । रौतहटका विभिन्न स्थानमा जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यु आदेश बुधवार बेलुका ५ बजेबाट पूर्ण रूपमा हट्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बुधवार दिउँसो सूचना जारी गर्दै कर्फ्यु आदेश हट्ने जनाएका हुन् ।

जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ७ स्थित घिउरा गाउँमा सरस्वती पुजाको मूर्ति विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम समूहबिच विवाद उत्पन्न भएपछि फागुन ५ र ६ गते कर्फ्यु आदेश जारी भएको थियो ।

rautahat

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय