नगर स्वास्थ शाखा प्रमुख यादवको निधन हृदयघातबाट

२०८० फाल्गुन ९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नगर स्वास्थ शाखा प्रमुख यादवको निधन हृदयघातबाट

 

रौतहट : जिल्लाको देवाही गोनाही नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयाघातको कारण निधन भएको छ।
गरुडा नगरपालिका जयनगर गाउँमा घर भएका ५० वर्षीय स्वास्थ शाखा प्रमुख यादवको गएराती १० बजे हृदयाघातबाट आकस्मिक निधन भएको हो।

आफ्नो घरमै खाना खाएर सुत्नुअघि छाती दुखेको थियो।
उपचारको लागि कतै लैजाने तयारी गरिरहेको अवस्थामा उनको निधन भएको उनका काका नेपाल विद्युत् प्राधिकरण मौलापुरका प्रमुख दिनेश यादवले बताएका छन्।
उनको शव घरमै रहेको तथा आजै दाहसंस्कार गरिने परिवारले जनाएको छ। उनलाई हृदयसम्बन्धी कहिल्यै कुनै समस्या नदेखिएको प्राधिकरण प्रमुख यादवले जानकारी दिएका छन्। उनको दुई छोरा र एकजना छोरी रहेको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय