
आम्दानीभन्दा खर्च धेरै १४औं महाधिवेशनयता कांग्रेसको
काठमाडौं : नेपाली कांग्रेस १४औं महाधिवेशनयता घाटामा चलिरहेको देखिएको छ। ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकमा केन्द्रीय लेखा समिति संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस्तुत प्रतिवेदनले कांग्रेसको आम्दानीभन्दा खर्च धेरै भएको देखाएको छ।
१४औं महाधिवेशनपछि आर्थिक वर्ष ०७८।०७९ र ०७९।०८० मा कांग्रेसले सदस्यता, लेबी, नवीकरण र चन्दा तथा सहयोगबाट कुल १८ करोड ५४ लाख ७० हजार ३८४ रुपैयाँ आम्दानी गरेको छ।
दुवै आर्थिक वर्षमा गरेर कुल २५ करोड ९० लाख ७३ हजार ३४३ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।