हट्यो गठबन्धनको कुरा कांग्रेस उपसभापति खड्काको प्रतिवेदनबाट

२०८० फाल्गुन ८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हट्यो गठबन्धनको कुरा कांग्रेस उपसभापति खड्काको प्रतिवेदनबाट

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनबारे पुरानो धारणा परिवर्तन गरेका छन्। ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा मंगलबार बिहान नीति प्रतिवेदन पेस गर्दै  गठबन्धनबारे मौन रहेका हुन्।

चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्ने लामो रस्साकस्सीपछि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच साेमबार मध्यरातमा गठबन्धन गर्न नहुने थापाको प्रस्तावमा सहमति जुटेको थियो।

थापाको प्रस्तावमा कांग्रेसका  पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले सहमति जनाएपछि राजनीतिक दस्ताबेजहरूमा एकरूपता दिन उपसभापति खड्काले गठबन्धनसम्बन्धी विषय आफ्नो प्रतिवदेनबाट हटाएका हुन्।

यसअघि केन्द्रीय समिति बैठकमा यही प्रतिवेदन पेस गर्दै अहिले दलहरूलाई गठबन्धन बनाउनै पर्ने बाध्यता रहेको उल्लेख गरेका थिए।

‘राजनीतिक स्थिरतासहितको लोकतन्त्रका लागि कांग्रेसले आवश्यक नीति तय गर्नेछ। नेपालले मिश्रित निर्वाचन प्रणाली अंगीकार गरेका कारण संसदमा कुनै पनि दलको एकल बहुमत पुग्ने सम्भावना निकै कम छ,’ खड्काले केन्द्रीय समिति बैठकमा पेस गरेको नीति प्रस्तावमा भनिएको छ, ‘सरकार गठनकै लागि पनि गठबन्धन बनाउनैपर्ने बाध्यता रहेको अवस्थामा अस्थिरता निम्तिन सक्ने अवस्थालाई ध्यान दिँदै र विगतका अनुभवबाट पाठ सिक्दै आवश्यक नीति तय गरिनुपर्छ।’

तर मंगलबार महासमिति बैठकमा पेस भएको प्रस्तावमा यो अंश छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय