प्यालेस्टिनीको संख्या २९ हजार नजिक गाजामा मृत्यु हुने

२०८० फाल्गुन ७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्यालेस्टिनीको संख्या २९ हजार नजिक गाजामा मृत्यु हुने

 

गाजापट्टीमा मृत्यु हुने प्यालेस्टिनीको संख्या २८ हजार ९८५  पुगेको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत  अक्टोबर ७ मा शुरु भएको इजरायल-हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टिनी घाइते भएका छन्।

इजरायली सेनाको आक्रमणबाट पछिल्लो २४ घण्टामा १२७ प्यालेस्टाइनीको मृत्यु  भएको छ  भने २०५ जना घाइते भएका छन्।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले दक्षिणी गाजापट्टीको खान युनिस शहरको अलअमल अस्पतालले इजरायली ट्यांकबाट थुप्रै प्रत्यक्ष आक्रमण भएको बताएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय