दुई जनाको मृत्यु, टिपर दुर्घटनामा

२०८० फाल्गुन ७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दुई जनाको मृत्यु, टिपर दुर्घटनामा

 

 

काठमाडौं : पाल्पाको हात्तीलुङमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

रुपन्देहीको खैरेनीबाट पाल्पाको माथागढी गाउँपालिका ५ धामिगास्थित चुनढुंगा खानीमा जाँदै गरेको लु २ ख ५६१ नम्बरको टिपर सोमबार बिहान आर्थोकघाटमा दुर्घटनामा परेको हो।

दुर्घटनामा टिपरका चालक रुपन्देही तिलोत्तमा नगरपालिका १६ बस्ने २४ वर्षका प्रदीप कुमाल र सहचालक १८ वर्षीय मनिष परियारको घटनास्थलमै मृत्यु भएको पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय